Skip to content

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा कुलमान घिसिङलाई समर्थन घोषणा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी, गोकर्णेश्वर नगर कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई समर्थन गर्ने निर्णय गरेको छ।

नगर समितिले मुलुकको आर्थिक समृद्धि, सुशासन र उज्यालो भविष्यका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं निर्वाचन क्षेत्र–३ मा घिसिङलाई समर्थन गर्ने जनाएको हो । साथै, पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता र शुभेच्छुकलाई चुनावी प्रचारप्रसारमा सक्रिय सहभागी हुन र “बल्ब” चुनाव चिन्हमा मतदान गरी कुलमान घिसिङलाई विजयी गराउन अपिल गरेको छ ।

समर्थन सम्बन्धी उक्त निर्णय नगर समितिका अध्यक्ष नीर कार्की (रविओ, उपाध्यक्ष सुनिल लामा र सचिव तारानाथ पुरीले संयुक्त रूपमा सार्वजनिक गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T