काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं निर्वाचन अवधिभर प्रहरीको हिरासतमा रहने भएका छन् ।
आज बिहान पक्राउ परेका उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
बिहान पक्राउ परेका प्रसाईंलाई प्रहरीले आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित गराएको थियो । उनी विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्र्रसाईं यसअघि सर्वोच्च अदालतको आदेशमा फागुन १३ गते रिहा भएका थिए ।











प्रतिक्रिया दिनुहोस्