काठमाडौं । इरानले युएईमा गरेको आक्रमणमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ ।
यूएईको रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपाल, पाकिस्तानब र बंगलादेशका एक÷एक जना रहेका छन् । मन्त्रालयले मृतकको पहिचान खुलाएको छैन ।
हवाई प्रतिरक्षा प्रणाली पार गर्दै प्रवेश गरेका इरानी ड्रोन आक्रमणका कारण पाकिस्तान, नेपाल र बंगलादेशका एक÷एक जनाको मृत्यु भएको हो भने घटनामा ५८ जना सामान्य घाइते भएका छन् ।
यूएईका अनुसार इरानले कुल १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । जसमा १५२ वटा हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको छ । त्यसमध्ये १३ वटा समुद्रमा खसेका छन् ।
इरानबाट प्रक्षेपण गरिएका ५४१ वटा ड्रोनमध्ये ५०६ वटा अवरोध गरी खसालिएको तथा ३५ वटा ड्रोन यूएईको भूभागभित्र खसेका मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्