Skip to content

बसन्तपुरमा होली खेल्दै सर्वसाधारण (तस्विरहरु)

nabil bank

काठमाडौं । काठमाडौंको बसन्तपुरमा होली खेल्न सर्वसाधारणको भिड लागेको छ ।

रङहरुको पर्व फागुपूर्णिमा (होली) को अवसरमा काठमाडौंको बसन्तपुरमा रङ खेलेर होली मनाउनको भिड बडेको छ । पर्व आज हिमाली एवं पहाडी जिल्लामा र भोली तराईरमधेसका जिल्लामा मनाइन्छ ।
फागु पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तराईका जिल्लामा भोली बिदा हुने छ ।

असत्यमाथि सत्यको जित, विजयको प्रतीकको रुपमा यो पर्व मनाउने प्रचलन रहेको छ । होलीमा एक आपसमा रङ्ग तथा अबीर लगाएर मनाउने पचलन छ ।

आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजासहित टुंडिखेलमा लगेर जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधिउपचारको रुपमा प्रयोग गरीने परम्परा छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आज राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रचलन छ ।

तस्बिरः हरिराम भेटुवाल-रासस

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi