काठमाडौं । जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसमा समर्थन गर्ने भएका छन् ।
उनी सभापति थापालाई समर्थन गर्न ढुङ्गानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् ।
मिराज त्यस्ता जेन–जी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो ।
माइतीघरबाट शुरू भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी थियो । उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेन–जीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले सबैलाई घर फर्कन आह्वान गरेका थिए ।
त्यसयता उनका माग पूरा गर्नलाई अहिलेको जेन–जी सरकारलेसमेत कुनै पहल गरेन । त्यतिमात्र होइन मिराजले प्रधानमन्त्री सुशीला कार्कीलाईसमेत भेट्न पाएनन् । उनको टिमलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको थियो ।
मिराज ढुंगानाले गगनकुमार थापालाई समर्थन गर्दै हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ–सं.











प्रतिक्रिया दिनुहोस्