Skip to content
Prabhu

सबैभन्दा धेरै सेयर मूल्य घट्ने शीर्ष १० कम्पनी

 

काठमाडौं । सोमबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भयो । सोमबारको कारोबार बन्द हुँदा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने १ कम्पनीको सेयर मूल्यमा नाकारात्मक सर्किट लागेर बन्द भयो ।

सोमबारको रोबार बन्द हुँदा सबैभन्दा बढी १० प्रतिशतले बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशत अर्थात् ७२ रुपैयाँले घटेर ६४८ रुपैयाँ पुगेको छ । त्यस्तै सोमबारको कारोबार बन्द हुँदा नेपाल एसबीआई डिभेन्चर २०८३ को सेयर मूल्य ३.४१ प्रतिशतले घटेर १ हजार ७५ रुपैयाँ पुगेको छ ।

त्यस्तै सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ३.१७ प्रतिशतले घटेर ५१६ रुपैयाँ पुगेको छ । त्यस्तै प्रभु सेलेक्ट फण्डको ३.११ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्थाको २.९५ प्रतिशत र उन्नति सहकारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा २.८७ प्रतिशतले कमी आएको छ ।

त्यस्तै रिडिपावर कम्पनी लिमिटेडको २.८० प्रतिशत, कालिका लघुवित्त वित्तीय संस्थाको २.७९ प्रतिशत, एनआईसी एसिया ब्यालेन्स फण्डको २.७९ र एसबीएल डिभेन्चर २०८२ को सेयर मूल्यमा २.३० प्रतिशतले गिरावट आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal