वीरगन्ज । पर्सामा प्रहरीले ९ थान सुतली बम, सुँगुरको टाउको एक थान र वाइरिङ तार १० मिटरसहित ३ जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगर–१६ इनर्वागाउँस्थित विशेष सूचनाका आधारमा निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको अनुसन्धान भइरहेको पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए ।
उनीहरु उपर विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर र निर्वाचनसम्बन्धी कसुरमा थप अनुसनधान भइरहेको उनको भनाइ छ ।











प्रतिक्रिया दिनुहोस्