Skip to content

मतदानस्थलभित्र यी सामग्री लैजान निषेध

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आसन्न निर्वाचनलाई लक्षित गर्दै मतदानस्थलभित्र निषेध गरिएका सामग्रीबारे जानकारी सार्वजनिक गरेको छ। सुरक्षालाई मध्यनजर गर्दै मतदान केन्द्रभित्र विभिन्न प्रकारका उपकरण तथा सामग्री लैजान पूर्ण रूपमा रोक लगाइएको प्रहरीले जानकारी दिएको हो।

प्रहरीका अनुसार मतदानस्थलभित्र फोटो तथा भिडियो खिच्न प्रयोग हुने क्यामेरा लगायत सञ्चार उपकरण लैजान पाइने छैन। त्यस्तै मोबाइल, स्मार्ट वाच, ट्याबलेट जस्ता रेकर्डिङ गर्न सकिने विद्युतीय उपकरणहरू पनि निषेध गरिएको छ ।

यसैगरी सलाइ, लाइटर, पेट्रोल, डिजेल, तेजाबजस्ता ज्वलनशील पदार्थहरू मतदान केन्द्रभित्र लैजान पाइदैन । चक्कु, खुकुरी, पेस्तोल, लाठी लगायतका धारिला तथा जोखिमपूर्ण हतियारहरूमा समेत पूर्ण प्रतिबन्ध लगाइएको प्रहरीले जानकारी दिएको छ।

मतपत्र बिगार्न सक्ने कुनै पनि प्रकारका तरल पदार्थ-जस्तै मसी, जुस, पानी वा अन्य रङ-समेत मतदानस्थलमा लैजान नपाइने व्यवस्था गरिएको छ। साथै मदिरा वा अन्य लागूऔषध सेवन गरी मतदान केन्द्र प्रवेश गर्न पनि रोक लगाइएको छ।

निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै पार्टीका चुनाव चिन्ह अंकित झण्डा, टोपी, टिसर्ट, झोला वा ब्याज जस्ता प्रचार–प्रसार सामग्री पनि मतदानस्थलभित्र निषेध गरिएको प्रहरीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi