Skip to content

राष्ट्र बैंकबाट डेपुटी गभर्नरद्वय डा.तिम्सिना र मिश्रको बिदाई

nabil bank

काठमाडौं । डेपुटी गभर्नरद्वय डा.निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र राष्ट्र बैंकबाट बिदा भएका छन् ।

उनीहरुको कार्यकाल यही २४ गते आइतबार सकिँदै छ । कार्यकाल सकिनु अघि नै केन्द्रीय बैंकको डेपुटी गभर्नरहरु बिदा भएका हुन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सरकारले भोली अर्थात फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकेर निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि भन्दै सरकारले २०, २१ र २२ गतेका लागि सार्वजनिक बिदा दिएको छ । २३ गते शनिबार भएका कारण मंगलबार नै राष्ट्र बैंकबाट उनीहरु बिदा भएका हुन् । २४ गतेसम्म कार्यकाल भएपनि उक्त दिन कार्यालय गएर हाजिर नगर्ने भएकाले हिजो (मंगलबार) नै राष्ट्र बैंकबाट बिदा भएको मिश्रले बताए ।

मंगलबार सञ्चालक र उच्च व्यवस्थापनले बिदा गरेको भएपछि औपचारिक रुपमा राष्ट्र बैंकले भने भदौ २५ गते बिदाई गर्ने भएको छ । त्यसका लागि औपचारिक कार्यक्रम नै राखिएको स्रोतको भनाइ छ ।

मंगलबार काम कारबाहीको हिसाबले मात्रै तिम्सिना र मिश्र बिदा भएका हुन् । स्रोतका अनुसार मंगलबार उच्च व्यवस्थापन र बोर्ड सदस्यले ढुंगाना र मिश्रलाई केन्द्रीय बैंकमा ५ वर्ष डेपुटी गभर्नरको रुपमा गरेको सेवाका लागि धन्यवाद दिएका छन् । केन्द्रीय बैंक र सबै कर्मचारीको तर्फबाट भने २५ गते बिदाई गर्नेछन् ।

यो सँगै केन्द्रीय बैंकमा २ जना डेपुटी गभर्नरको पद खाली भएको छ ।

अब राष्ट्र बैंकमा रहेका १८ जना कार्यकारी निर्देशकबाट २ जना डेपुटी गभर्नर बन्ने छन् । त्यसका लागि गभर्नर डा. विश्वनाथ पौडेलले ४ जनाको नाम सरकारलाई सिफारिस गर्नेछन् । डा. पौडेलले अर्थमन्त्रालयमा पेश गरेको ४ जनाको नाम मन्त्रिपरिषदमा लगेर मन्त्रिपरिषदले आगामी ५ वर्षका लागि २ जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्नेछ । जेनजी आन्दोलनपछि बनेको म्यादी सरकारको मुख्य कार्यभार निर्वाचन गर्नु थियो । भोली निर्वाचन हुँदैछ । निर्वाचन पनि केन्द्रीय बैंकले डेपु्टी गभर्नर नियुक्त गर्दैछ ।

डेपुटीको नियुक्ती यही सरकारले गर्छ वा अर्को सरकारले गर्ने हो त्यो सबैको चासोको विषय बनेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi