काठमाडौं । भोली बिहीबार हुने प्रतिनिधिसिभा सदस्य निर्वाचनमा निर्वाचन पूर्व नै प्रधानमन्त्रीको दाबी गर्ने लगायत उम्मेदवारले आफुलाई मतदान गर्न पाउने छैनन् ।
निर्वाचनको समयमा जुनसुकै क्षेत्रबाट पनि उम्मेदवार दिन सकिने छ । मतदान भने आफुले तोकेको क्षेत्रमा मात्रै पाइन्छ । निर्वाचनमा आफु स्थायी बसोबास भएको क्षेत्र र त्यस्ता क्षेत्रमा तोकेको मतदान स्थलमा मात्रै मतदान गर्न पाइन्छ ।
अहिले चर्चामा रहेका उम्मेदवारहरु मतदाता सूचीमा नाम भएको क्षेत्र भन्दा बाहिर गएर उम्मेदवारी दिएका कारण मतदान गर्न नपाउने भएका हुन् ।
बिहीबार हुने निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवार छन् । उनको मतदाता नामावली भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका बालकोटमा छ । उनले यस पटक पनि भक्तपुर–२ मा नै मतदान गर्नेछन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि यस पटक आफुले आफैलाई मतदान गर्न पाउने छैनन् । उनी रुकुम पूर्वबाट उम्मेदवार छन् । उनको मतदाता नामावली चितवन–३ मा रहेको छ ।
उनले भरतपुर–१४ स्थित शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
यस्तै नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पनि आफुले आफैलाई मतदान गर्न पाउने छैनन् । उनी काठमाडौं–४ का मतदाता हुन । उम्मेदवार भने सर्लाही–४ बाट रहेका छन् ।
यस्तै झापा–५ मा उम्मेदवार बनेका काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साहले पनि आफैलाई मतदान गर्न पाउने छैनन् । साहले काठमाडौंमा मतदान गर्ने छन् ।
रास्वपाका सभापति रवि लामिछाने चितवन–२ का उम्मेदवार हुन् । उनले पनि आफुले आफैलाई मतदान गर्न पाउने छैनन् । उनले काठमाडौं–३ मा मतदान पर्ने छन् ।
तनहुँ–२ का मतदाता प्रदीप पौडेल अहिले काठमाडौं–५ बाट उम्मेदवार हुन् । उनले पनि आफुले आफैलाई मतदान गर्न पाउने छैनन् ।
यस्तै रास्वपाबाट तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पनि आफुले आफैलाई मतदान गर्न पाउने छैनन् । उनी गोरखाका मतदाता हुन् ।
राप्रपाका नेता रविन्द्र मिश्र काठमाडौं–१ का मतदाता हुन् । उनी मतदाता भने ललितपुर–३ हुन् । उनले पनि आफुले आफैलाई मतदान गर्न पाउने छैनन् ।











प्रतिक्रिया दिनुहोस्