Skip to content

झापामा मतदान सुरुः ७ लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा

nabil bank

बनियानी । यहाँ उत्साहका साथ मतदान सुरु भएको छ । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईंले निर्धारित समयमा मतदान सुरु भएको जानकारी दिए ।

झापाका पाँच वटा निर्वाचन क्षेत्रबाट ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा जिल्लाका सात लाख १३ हजार ५३७ जना मतदाताले मतदान गर्ने अपेक्षा छ । जिल्लामा तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार ८३ महिला र आठ जना अन्य मतदाता कायम छन् ।

विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा ५० हजार २२६ जना मतदाता र ४९ वटा मतदान केन्द्र थप भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल कायम छन् । निर्वाचन सम्पन्न गर्न ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी परिचालन भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi