Skip to content

मुस्ताङमा १२ बजेसम्म ४२.८४ प्रतिशत मतदान

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुस्ताङ जिल्लामा आज बिहानदेखि भइरहेको मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। दिउँसो १२ बजेसम्म जिल्लाका सबै मतदान केन्द्रमा गरी कुल ४ हजार ८५२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

प्राप्त विवरण अनुसार हालसम्म २ हजार ४६३ पुरुष, २ हजार ३८८ महिला र १ जना अन्य मतदाताले मतदान गरेका छन्। यो कुल मतदाताको ४२.८४ प्रतिशत हो।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको छ। सुरक्षाको उचित व्यवस्था मिलाइएकाले मतदाताले निर्धक्क भएर मतदान गरिरहेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T