Skip to content

मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया

nabil bank

काठमाडौं । अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकसस्मिक योजनाको रूपमा मध्य पूर्वमा दुइ वटा सैन्य विमान तैनाथ गरी नागरिक उद्वारमा तल्लिन रहेको छ ।

अमेरिका–इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किय पछि यस हप्ता विभिन्न देशहरूले मध्यपूर्वबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनमा हतार गरिरहेका छन् ।

अस्ट्रेलियाले आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको योजनाको अनुरूपमा मध्य पूर्वमा विमान तैनाथ तथा यातायात सुविदा प्रवाह गरेको अधिकारीहरूलाइ उदृत गर्दै एएफपीले जनाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजलेसमेत बिहीबार संसदमा मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गरे ।

उनले अस्ट्रेलियालीहरूलाई मद्दत गर्न खतरनाक अवस्थामा यो कदम उठाउने अस्ट्रेलियालीहरूलाई धन्यवाद दिए ।

यसअघि बुधबार पहिलो उडान दुबईबाट सिड्नीमा भएको जनाउदै अस्ट्रेलियाले यस क्षेत्रमा एक लाख १५ हजार नागरिक रहेको बताएको छ ।

न्युजिल्यान्डले पनि यस क्षेत्रबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको लागि बिहीबार मध्यपूर्वमा दुईवटा सैन्य विमान तैनाथीकोे आदेश दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi