Skip to content

ओखलढुंगामा १ बजेसम्म २४.५० प्रतिशत मत खस्यो

काठमाडौं । ओखलढुंगा जिल्लामा जारी मतदानमा आज दिउँसो १ः०० बजेसम्म कुल २४.५० प्रतिशत मत खसेको छ। प्राप्त विवरण अनुसार हालसम्म ३० हजार ६७ मत खसेको जनाइएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये महिला मतदाताको संख्या १३ हजार ९८३ रहेको छ भने पुरुष मतदाताको संख्या १६ हजार ८३ रहेको छ। यस्तै, अन्यतर्फ १ जनाले मतदान गरेका छन्।

मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थिति देखिएको छ। शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सञ्चालन भइरहेको र दिउँसोपछि मतदाताको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T