Skip to content

मकवानपुरमा १ बजेसम्म ३० प्रतिशत मतदान

nabil bank

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा दिउँसो १ बजेसम्म ३० प्रतिशतभन्दा बढी मतदान भएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार हालसम्म जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मकवानपुरमा ३ लाख १५ हजार ३ सय ३४ जना मतदाता छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४ सय ३५ र क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८ सय ९९ मतदाता छन् । महिला एकलाख ५३ हजार ३ सय ७६, पुरुष एकलाख ६१ हजार ९ सय ५३ पुरुष र पाँच जना अन्य मतदाता छन् ।

१०२ वटा वडा रहेको जिल्लामा रहेका १६७ मतदान स्थलका ३ सय ७४ मतदान केन्द्रमा बिहानदेखि नै मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi