Skip to content

दिउसो २ बजेसम्म कञ्चनपुरमा ४२ प्रतिशत मतदान

nabil bank

काठमाडौं । कञ्चनपुर जिल्लामा आज भइरहेको निर्वाचनमा दिउँसो २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ। जिल्लामा कुल ३ लाख १४ हजार ३८५ मतदाता रहेकोमा १ लाख ३१ हजार ५७७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन क्षेत्र नं. १ मा कुल १ लाख १ हजार ७२४ मतदातामध्ये ४२ हजार ९१२ मत खसेको छ। यसमध्ये २२ हजार ५२७ महिला र २० हजार ३८५ पुरुषले मतदान गरेका छन्।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा कुल १ लाख ९ हजार ५७४ मतदातामध्ये ४७ हजार ४५ मत खसेको छ। जसमा २४ हजार ९४५ महिला र २२ हजार १०० पुरुष मतदाता सहभागी भएका छन्।

निर्वाचन क्षेत्र नं. ३ मा कुल १ लाख ३ हजार ८७ मतदातामध्ये ४१ हजार ६२० मत खसेको छ। यसमा २२ हजार ३२१ महिला र १९ हजार २९९ पुरुषले मतदान गरेका छन्।

जिल्लाभरका मतदान केन्द्रहरूमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको प्रशासनले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi