काठमाडौं । बैतडीमा आज जारी मतदानमा दिउँसो ३ बजेसम्म कुल ३५.८२ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका कुल १ लाख ५६ हजार ३७२ मतदातामध्ये ५६ हजार ५ मतदाताले मतदान गरिसकेका छन्।
उपलब्ध तथ्यांक अनुसार मतदानमा महिलाको सहभागिता पुरुषभन्दा केही बढी देखिएको छ। दिउँसो ३ बजेसम्म २५ हजार ८८८ पुरुष र ३० हजार ११६ महिलाले मतदान गरेका छन् भने अन्य लिङ्गका १ जनाले मतदान गरेका छन्।











प्रतिक्रिया दिनुहोस्