Skip to content

४ बजेसम्म ८४ लाख ६० हजार मत खस्यो

nabil bank

काठमाडौ‌ । करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज बिहान ७ बजेदेखि जारी मतदानमा अहिलेसम्म देशभरका ८४ लाख ६० हजार ६७७ जना मतदाताले मतदान गरेका छन् ।

१ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६७७ जना मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार उपत्यकाका ५४ प्रतिशत, गण्डकीमा ४८ प्रतिशत, कर्णालीमा ४८ प्रतिशत मत खसेको छ ।

यस्तै मधेश प्रदेशमा ३७ प्रतिशत, बागमतीमा ४७ प्रतिशत, लुम्बिनीमा ४७ प्रतिशत, कोशीमा ४६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।

देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi