काठमाडौं । आज प्रतिनिधि सभाको सम्पन्न भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचन छिटफुट घटना बाहेक शान्ति पूर्ण रुपमा सम्पन्न भएको छ ।
यो सँगै नेपालस्थित अमेरिकी दूतावासले नेपाली जनतालाई बधाई दिएको छ ।
दूतावासले सामाजिक सञ्जालमार्फत निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गरेको भन्दै बधाइ दिएको हो ।
सन्देशमा भनिएको छ, ‘निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाई। आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ ।’











प्रतिक्रिया दिनुहोस्