काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ ।
कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेवार इन्द्र धारा विष्टलाई पराजित गरेका छन् । गौचनले ३ हजार ३०७ मत प्राप्त गरेका छन् ।
एमालेका विष्टले १ हजार ८०६ मत प्राप्त गरेका छन् । गौचनले विष्टलाई १ हजार ५०१ ले पराजित गरेका छन् ।
गौचन यसअघि पनि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाटै निर्वाचित भएका थिए ।











प्रतिक्रिया दिनुहोस्