Skip to content
Prabhu

गार्डियन माइक्रो लाइफले साढे २२ लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता प्राथमिक साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उक्त आईपीओ निष्कासन गर्न कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

कम्पनीका अनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालको पहिलो पूर्ण डिजिटल प्रविधिबाट बिमालेख जारी गर्ने लघुजीवन बिमा कम्पनी हो । जसमा १४ हजारभन्दा बढी पोलिसी होल्डर तथा ५ सयभन्दा बढी एजेन्ट रहेका छन् । केन्द्रीय कार्यालयसहित शाखा उपशाखा तथा एक्सटेसन काउन्टर गरी देशभर २६ कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal