काठमाडौं । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल २० हजार ९९२ मतसहित अग्रस्थानमा छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ४ बजेसम्म ३२ हजार ७३३ मतगणना हुँदा नेपाली कांग्रेसका सबुज बानियाँ (कृष्ण) ले ५ हजार १२७ र नेकपा (एमाले)का अमन मास्केले ३ हजार सात मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २० उम्मेदवार छन् ।











प्रतिक्रिया दिनुहोस्