Skip to content
Prabhu

युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभा जेठ ३१ मा, हकप्रद सेयर जारी गर्ने मुख्य एजेण्डा

 

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण जेठ ३१ गते आयोजना हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने उद्देश्यका साथ विशेष साधारणसभाको मिति तोकेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् हाल कायम १०० कित्ता बराबर १५ कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

विशेष साधारणसभा प्रयोजनार्थ इन्स्योरेन्सले जेठ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार जेठ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal