Skip to content

मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउने व्यवस्था गर्न नाडाको सुझाव

nabil bank

 

Hyundai

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मोटरसाइकल चालक र सवारी दुवैले हेलमेट लगाउनुपर्ने नियम ल्याउन सरकारलार्इ सुझाव दिएको छ।

उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग नाडाले बिहीबार भेट गरी मन्त्रालयसँग सम्बन्धित २६ बुँदे सुझावहरू पेस गरेको हो।

भेटमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मन्त्री महासेठसंग विभिन्न विषयहरूमा छलफल गरेको छ। छलफलपछि मन्त्री महासेठले सवारी साधनहरूको सिसिको आधारमा इम्बोस्ड नम्बरप्लेट जारी गर्न सकिने बताए। उनले प्रदेश तहका समस्याहरू छन् भने प्रदेश सरकारमा नै सुझावहरू राख्न सकिने बताएका हुन्।

महासेठले सेवाग्राहीलाई सुविधा दिनुपर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरूका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन दिएका छन्।

नाडाले सडक मर्मत सम्भार दस्तुर, सवारी साधन कर, अटोमोबाइल कम्पनीहरूको दर्ता प्रक्रिया, लाइसेन्स वितरण सहज हुनुपर्नेलगायतका सुझाबहरू पेस गरेको हो। 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance