काठमाडौं । बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने होरु’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुँदैछ। एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, रोमाञ्चक खेल गतिविधि तथा नेपालका चर्चित खेलाडीहरूसँग भेटघाटको अवसर समेटिएको यस अभियानमा सहभागी हुन अब केही दिन मात्र बाँकी छन् ।
यस अभियान अन्तर्गत मंसिर ४ गते भित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार प्राप्त गर्न सक्नेछन् । यसका साथै, सहभागीहरूले अनलाइनमा उपलब्ध ‘पल्सर रेसिङ गेम’ मार्फत आफ्नो खेल कौशल प्रदर्शन गर्न सक्नेछन् । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले आकर्षक उपहार जित्ने अवसर पाउनेछन्। अभियानअन्तर्गत हरेक दिन स्मार्टवाच जित्ने अवसरसमेत रहेको छ ।
अभियानको अर्को आकर्षणका रूपमा मोटरसाइकल खरिद योजना तथा ‘सो योर पावर’ प्रतियोगिताबाट छनोट भएका विजेताले रवीन्द्र धन्त, क्रिस सेवन होराआ र राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीसँग भेटघाट गर्ने अवसर पाउनेछन् ।
यस प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले आफ्नो सिर्जनशीलता र शक्ति झल्किने पल्सरसम्बन्धी भिडियो तयार गरी सामाजिक सञ्जालमा अपलोड गर्नुपर्नेछ। साथै, @bajajnepal लाई ट्याग गरी #GameofPower प्रयोग गर्नुपर्नेछ ।
पुरस्कार, मनोरञ्जनात्मक खेल गतिविधि तथा चर्चित व्यक्तित्वहरूसँगको भेटघाटलाई समेटेको यस अभियानले राइडरहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र विभिन्न अवसरको लाभ लिने मञ्च प्रदान गरेको छ ।
मंसिर ४ गते अभियान समाप्त हुने भएकाले इच्छुक ग्राहकले समयसीमाभित्र योग्य बजाज मोटरसाइकल खरिद गरी यस अभियानमा सहभागी हुन सक्नेछन् ।









प्रतिक्रिया दिनुहोस्