काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा (एसजीएम) बोलाएको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले जेठ ३० गते विशेष साधारणसभा बोलाएको हो ।
सभाले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि साधारण सभा बोलाएको हो । हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै कम्पनीको चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्