Skip to content

पर्सा–२ मा रास्वपाका सुशीलकुमार कानु विजयी

nabil bank

पर्सा । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन् ।

निर्वाचन अधिकृत मधुसुदन आचार्यले रास्वपाका उम्मेदवार कानु ३० हजार ७४० मतसहित विजयी भएको घोषणा गरे ।

यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार ८९० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार रिमाकुमारी यादवले ११ हजार ६०५ मत ल्याए ।

जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले २ हजार ६४२ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिना जैसवालले १ हजार नौ सय ९९ मत ल्याए ।

यस क्षेत्रमा ३१ जना उम्मेदवारले प्रतिस्पर्धामा थिए । स्वतन्त्रतर्फ १४ जना र दलीय उम्मेदवारतर्फ १७ जना छन् ।

पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता संख्या ९५ हजार एक सय २० जनामध्ये प्रत्यक्षतर्फ ६५ हजार आठ सय ७८ मत खसेको छ । सोमध्ये चार हजार पाँच सय ६८ मत बदर भएको छ भने सदर मत भने ६१ हजार तीन सय १० रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi