काठमाडौं । अमेरिकी–इजरायल र इरानबिचको युद्धकाको कारण मध्ये पूर्ब लगायतका देशमा देखिएको तनावले टोयोटा, हुन्डाई र चिनियाँ अटोमेकरहरू सबैभन्दा बढी प्रभावमा परेका छन्।
टोयोटा मोटर, हुन्डा ई र चिनियाँ अटोमेकरहरू चेरी लगायतका अटो मोबाइल्स क्षेत्रमा प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अमेरिकी,इजरायल र इरानबिचको युद्धका कारण अन्तर्राष्ट्रिय अटोमोबाइल्स सबैभन्दा बढी प्रभावित हुनसक्ने देखिएको छ ।
यी अन्तर्राष्ट्रिय अटोमेकरहरूले मध्यपूर्वमा हुने कार बिक्रीको करिब एक तिहाइ हिस्सा ओगटेका छन्। त्यसमा टोयोटाको १७ प्रतिशत, हुन्डाईको १० प्रतिशत र चेरीको ५ प्रतिशत अन्तर्राष्ट्रिय बजार हिस्सा रहेको छ। इरानमै भने, इरानी अटोमेकर इरान खोद्रो र साईपा अग्रस्थानमा छन् । इरानमा चेरीको करिब ६ प्रतिशत बजार हिस्सा रहेको छ। यस युद्धको कारण अन्य चिनियाँ अटो कम्पनीहरू पनि प्रभावित हुने देखिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मध्यपूर्वका देशमा चिनियाँ गाडी निर्यातको बढ्दो छ । २०२५ मा चीनले आफ्नो निर्यातको करिबव १७ प्रतिशत सवारीहरू मध्येपश्चिका देशहरूमा निर्यात गरेको छ । युद्धको कारण अहिले सञ्चालनमा रहेको खाडी देश ओमन र हिन्द महासागरसँग जोड्ने ‘स्ट्रेट अफ होर्मुन’ बन्द हुनु र कच्चा तेलको मूल्य वृद्धिले विश्व अटो मोबाइल क्षेत्रमा असर देखिने भएको छ।
यसैगरी, उक्त बाटो बन्द भएर अन्य बाटो प्रयोग गरेर ढुवानी गरेका ढुवानीको समय १० देखी १४ दिनले बढ्न सक्ने छ । यदि युद्ध लामो समयसम्म चल्यो र उक्त मार्ग सञ्चालनमा आएन भने बिक्री घट्ने, ढुवानी खर्च बढ्ने र डेलिभरी ढिला हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
युद्धको कारण बाटो बन्द हुनुभन्दा अगाडी करिब २० मिलियन ब्यारेल कच्चा तेल यही मार्गबाट ओसार पसार हुने गरेको छ । यो मार्ग मध्यपूर्वतर्फ गाडी र पार्टपुर्जाको ढुवानीका लागि पनि महत्त्वपूर्ण मार्ग मानिएको छ ।
मध्ये पूर्वको मुलुकमा देखिएको तनाको कारण इन्धन मूल्य बढ्दा नेपालमा पनि मूल्य वृद्धि हुने देखिएको छ । इन्धनको मूल्य बढ्दा नेपालमा पेट्रोलियम उत्पादनको ढुवानीमा लागत महँगो हुने छ । यसले निजी र सार्वजनिक यातायातको लजिस्टिक्समा थप खर्च बढाउँछ।
नेपालले टोयोटा, हुन्डा ई, र चिनियाँ कारहरू नेपालमा आयात गरिरहेको छ। आयातमा युद्धको असर नदेखिए पनि इन्धन संकट र अन्तर्राष्ट्रिय व्यापार अवरोधका कारण नयाँ गाडीको आपूर्ति ढिला हुने र मूल्य बढ्ने सम्भावना नेपालमा पनि रहेको छ ।











प्रतिक्रिया दिनुहोस्