काठमाडौं । रौतहट–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल विजयी भएका छन् । उनी ३६ हजार ८७६ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटक प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत पाए । पौडेल तिमल्सिनासँग २१ हजार बढी मतान्तर सहित विजयी भए ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले ९ हजार ७७८ र नेकपा एमालेका रामजी साह सोनारले ३ हजार ४७८ पाए ।











प्रतिक्रिया दिनुहोस्