चितवन । चितवनको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल विजयी भएका छन् । उनी ५८ हजार २०८ मतसहित विजयी भए ।
उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेका दावादोर्जे लामाले १० हजार ८९९, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार कृष्ण पन्तले चार हजार ८१ मत प्राप्त गरे । ढकाल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यस क्षेत्रमा एक लाख ४९ हजार ६४१ मतदातामध्ये ९६ हजार १५४ मत खसेको थियो ।











प्रतिक्रिया दिनुहोस्