Skip to content

सिरहा–१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित

nabil bank

सिरहा । सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बब्लु गुप्ता प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले ४१ हजार ३३३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्तिम मतपरिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७८४ मत ल्याए । नेकपा एमालेका रामशङ्कर यादवले सात हजार ८६६ मत प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले दुई हजार ८५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले दुई हजार २८५ मत पाएका छन् ।

नवनिर्वाचित सांसद गुप्ता निवर्तमान युवा तथा खेलकुदमन्त्री थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi