सिरहा । सिरहा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुकुमार यादव प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
यस क्षेत्रका निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार यावदले ३२ हजार २४९ मत प्राप्त गरी विजयी भए ।
निर्वाचनमा यादवका निकटतम प्रतिस्पर्धीमा नेपाल कम्युनिष्ट पार्टी एमालेका लीलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरे । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार विश्वनाथ साहले नौ हजार ९४२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार सुभाषचन्द्र यादवले नौ हजार ८७९ मत प्राप्त गरी चौथो स्थानमा छन् ।
यस निर्वाचन क्षेत्रमा कुल एक लाख १९ हजार २५० मतदातामध्ये ७६ हजार ४३० मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।











प्रतिक्रिया दिनुहोस्