Skip to content

उदयपुर– १ मा रास्वपाका गेलाल विजयी

nabil bank

कटारी । उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारसमणि गेलाल ३० हजार ५९० मत प्राप्त गरी विजयी भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईलाई १८ हजार ९८४ मतान्तरसहित उनी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बलदेव चौधरीले १० हजार २१ मत, नेपाली कांग्रेसका विदुर बस्नेतले नौ हजार ६७५ र नेकपा एमालेका दुर्गाकुमार थापाले नौ हजार २०६ प्राप्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi