काठमाडौं । संसद् अर्थात् देश र जनताको भाग्य र भविष्य कोर्ने स्थल । यही स्थलमा जनताले आफ्नो मतबाट छानेर पठाएका प्रतिनिधिहरू भेला हुन्छन् र देशको शासन सञ्चालनका लागि आवश्यक कानुन, नीति र कार्यक्रमहरू निर्माण गर्छन्।
लोकतान्त्रिक व्यवस्थामा जनताको सार्वभौमसत्ता नै सबैभन्दा ठुलो शक्ति मानिन्छ। यही शक्तिको प्रयोग जनताले निर्वाचनमार्फत गर्छन्। निर्वाचनमा नागरिकहरूले आफूलाई प्रतिनिधित्व गर्ने योग्य व्यक्तिलाई छानेर संसदमा पठाउँछन्, जसले जनताको आवाज सरकारसम्म पुर्याउने, जनताका समस्या र आवश्यकतालाई नीति निर्माणमा समेट्ने तथा देशको समग्र विकासको मार्ग तय गर्ने जिम्मेवारी वहन गर्छन्।
शिक्षा, स्वास्थ्य, रोजगारी, विकास, सामाजिक न्याय, आर्थिक नीति लगायतका विषयमा संसद् व्यापक छलफल हुन्छ र त्यही छलफलबाट देशको भविष्यलाई प्रभाव पार्ने नीति तय गरिन्छ। त्यसैले संसद् केवल राजनीतिक बहस गर्ने स्थलमात्र नभई राष्ट्रको दीर्घकालीन भविष्य निर्माण गर्ने महत्त्वपूर्ण स्थल हो।
पछिल्ला वर्षहरूमा यस्तो ठाउँमा महिला सहभागिता विस्तार हुँदै गएको छ। नेपालको राष्ट्रपति देशी प्रधानमन्त्री तथा प्रधान न्यायधिससम्मका मुख्य नेतृत्वमा महिलाले जिम्मेवारी पुरा गरिसकेका छन् ।
२०८२ फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १३ जना महिला र नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचनमा एक महिला विजयी भएका छन् । डाक्टर, वकिल, व्यवस्थापन विशेषज्ञदेखि सामाजिक अभियन्तासम्म विभिन्न क्षेत्रबाट आएका यी महिलाहरूले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैलीमा नेतृत्व प्रस्तुत गर्ने आम जनसमुदायको अपेक्षा रहेको छ ।
फागुन २४ अर्थात् (मार्च ८) विश्वभर आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा देशको नीति निर्माण गर्ने थलो संसदमा पुगेर चर्चामा आइसकेका र प्रवेश गर्दै गरेका उक्त महिला संसद्को बारेमा हामीले यहाँ प्रस्तुत गरेका छौंः
यस पटक रास्वपाको तर्फबाट संसदमा पुगेकी सोविता गौतम, डा। तोसिमा कार्की, रुबिना आचार्य, रञ्जु दर्शना न्यौपाने, निशा डाँगी, नीतिमा भण्डारी ९कार्की०, बिना गुरुङ, आशा झा, कोमल ज्ञवाली र इन्दिरा राना मगर लगायतका महिला सहभागी भइसहेका छन् । यसैगरी, नेपाली कांग्रेसको तर्फबाट बासना थापाले पनि संसद् प्रवेश गरेकी छन् ।
रास्वपाका सबैभन्दा चर्चित युवा नेतृ महिला मध्ये एक हुन् सोविता गौतम। दोलखामा जन्मिएकी उनले सानैदेखि सामाजिक अभियानमा सक्रियता देखाएकी थिइन्। उच्च शिक्षाका लागि काठमाडौं आएकी उनले ग्रामीण विकास र कानुन विषयमा अध्ययन गरिन्। वकिल र टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा काम गरेकी उनी युवासँग जोडिएका अभियानमा सक्रिय रहिन्।
नयाँ राजनीतिक पार्टी रास्वपाको स्थापना भएपछि उनी पार्टीमा आबद्ध भइन् र प्रतिनिधिसभा निर्वाचन २०७९ मा काठमाडौं–२ बाट उम्मेदवार बनेर विजयी भइन्। युवा उमेरमै संसद् प्रवेश गरेकी गौतमले संसदमा सुशासन, पारदर्शिता र युवाको सहभागिताका विषयमा निरन्तर आवाज उठाइरहेकी छन्। यस पछि जेनजी आन्दोलन पछि भएको प्रतिनिधि सभा निर्वाचन २०८२ मा पनि उनले चितवन–३ बाट निर्वाचनमा विजयी भइकी छन् । उनी चितवनकी अक्री महिला उम्मेदवार नेकपाकी नेता रेणु दाहालसँग भारी मत अन्तरले विजयी भएकी छन् ।
यसैगरी, रास्वपाकै अर्को प्रभावशाली महिला अनुहार हुन् डा. तोसिमा कार्की। पेशाले सर्जन रहेकी उनले चिकित्सा क्षेत्रमा राम्रो पहिचान बनाइसकेकी छन् । स्वास्थ्य सेवा सुधार, चिकित्सकहरूको अधिकार र स्वास्थ्य व्यवस्थाको सुधारका विषयमा सक्रिय रहँदै आएकी उनी राजनीतिमा पनि त्यही एजेन्डासहित प्रवेश गरेकी हुन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–३ बाट उम्मेदवार बनेकी कार्कीले ठुलो मतान्तरले विजय हासिल गरिन । संसदमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा चर्चा पाइन्। स्वास्थ्य क्षेत्र सुधारका विषयमा उनले संसदमा निरन्तर आवाज उठाउँदै आएकी छन्। उनी यसअघि पनि संसद्बाट स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भइसहेकी छन् ।
जेनजी आन्दोलन पछिको प्रतिनिधि सभा निर्वाचन २०८२ मा पनि उनले उक्त क्षेत्रबाटै नै विजय प्राप्त गरेकी छन् । उनले उक्त क्षेत्रमा आफ्नो प्रतिस्पर्धी नेकपाका राजकाजी महर्जनलाई पछि पार्दै भारी मत अन्तर सहित विजयी भएकी हुन ।
कोसी प्रदेशको मोरङबाट उदाएकी रुबिना आचार्य पनि नयाँ पुस्ताको प्रतिनिधि नेतृका रूपमा चिनिन्छिन्। व्यवस्थापन विषयमा अध्ययन गरेकी उनी लामो समय सामाजिक अभियान र युवासँग सम्बन्धित गतिविधिमा सक्रिय थिइन्। २०८२ फागुन २१ सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर–६ बाट उनी विजयी भएकी छिन् । यस अघि उनी उज्ज्वल थापाले स्थापना गरेको विवेकशील साझा पार्टीसँग नजिक थिइन् । विराटनगर–४, आयल निगम क्षेत्रमा जन्मिएकी रुविनाको बाल्यकाल विराटनगरमा बितेको थियो ।
प्रतिनिधिसभा निर्वाचनमा मोरङ–६ बाट उम्मेदवार बनेकी उनले प्रभावशाली प्रतिस्पर्धी डा.शेखर कोइरालालाई पराजित गर्दै संसदमा प्रवेश गरिन्। स्थानीय विकास, रोजगार र सुशासनका विषयलाई प्राथमिकतामा राख्दै उनले संसदमा सक्रिय भूमिका निभाउने बताउँदै आएकी छन्।
झापाको अर्जुनधारामा विसं २०२७ मा जन्मिएकी इन्दिरा राना मगर उनी दोस्रो पटक संसद्को यात्रा गर्दै छिन् । उनले समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेर उनले मानवीय सेवाको क्षेत्र रोजिन् । प्रसिद्ध साहित्यकार पारिजातसँगको भेटले उनको जीवन दिशा निर्धारण गरेको थियो । घर छाडेर काठमाडौं पढ्न जाँदा पारिजातले नै संरक्षण दिइन्।
पारिजातको मानवअधिकारवादी संस्थामा स्वयंसेवक बनेकी इन्दिराले कारागार भ्रमणका क्रममा कैदीबन्दीका सन्तानहरूको अलपत्र अवस्थाको प्रत्यक्ष चित्रण देखिन्। यो दृश्यले उनलाई गहिरो प्रभाव पर्यो। त्यसैले उनले राजनीतिमा प्रवेश गर्नुअघि इन्दिरा राना गैरसरकारी संस्था ‘बन्दी सहायता नेपाल’ (पीए नेपाल) बनाइन् ।
उक्त संस्थाको अध्यक्ष बनेर उनले जेल सजाय भोगिरहेका महिलाका कलिला सन्तानहरूलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्रदान गर्ने अभियान थालिन् । ३ दशकदेखि यो क्षेत्रमा सक्रिय उनले सयौँ बालबालिकाको उद्धार गरेकी छिन् । उनी २०८२ साल फागुनमा भएको चुनावमा नेकपा एमालेका देवराज घिमिरेलाई पराजित गर्दै विजयी भएकी हुन ।
काठमाडौं मैतीदेवी स्थितकी स्थानीय बासिन्दा रञ्जु न्यौपाने ९दर्शना० भने वैकल्पिक राजनीतिक आन्दोलनबाट उदाएकी व्यक्तित्व हुन्। उनले २०७४ सालमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेर राष्ट्रिय चर्चा कमाएकी थिइन्। उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् ।
विवेकशील नेपाली पार्टीबाट राजनीतिमा प्रवेश गरेकी दर्शना ७ माघमा रास्वपाबाट ‘घण्टी’ चुनाव चिन्हसहित उम्मेदवारी दर्ता गराएकी हुन् । यसअघि रास्वपाको समानुपातिक सूचीमा रहेकी उनीमाथि आलोचना भएपछि प्रत्यक्षतर्फ उम्मेदवारी दिने निर्णयमा पुगेकी थिइन् । उनले काठमाडौं–१ बाट भारी मत सहित हितकी छन् । उनले नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीलाई पराजय गर्दै विजयी भएकी हुन । उनी १४ दिनको सुत्केरी हुन । उनले छोराको न्वारानको अघिल्लो दिन आफै सहभागी भएर मतदान गरिन र छोराको न्वारानको दिन विजय हासिल गरिन ।
यसैगरी, सामाजिक अभियान र नागरिक सरोकारका गतिविधिमा सक्रिय रहेकी निशा डाँगी पनि नयाँ पुस्ताको प्रतिनिधि नेतृका रूपमा चिनिन्छिन्। युवालाई सामाजिक र राजनीतिक अभियानमा जोड्ने काम गर्दै आएकी उनी पछिल्ला वर्षहरूमा राजनीतिमा सक्रिय देखिन्छिन्। २०७९ को प्रतिनिधिसभामा रास्वपाबाट नै समानुपातिकबाट सांसद बनेकी डाँगी यस पटक प्रत्यक्षतर्फको उम्मेदवारमा विजयी भएकी छिन् । उनले नेपाली केशवराज पाण्डेलाई भारी मत सहित पराजित गरेकी छन् ।
नीतिमा भण्डारी (कार्की) पनि नीति बहस र सामाजिक अभियानसँग जोडिएको नाम हो। महिला सशक्तीकरण, सुशासन र सामाजिक न्यायका विषयमा सक्रियता देखाउँदै आएकी उनी अहिले राष्ट्रिय राजनीतिमा सक्रिय छिन्। रास्वपाको उम्मेदवार बनेर सर्लाही–२ बाट चुनाव लडेकी उनले नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठलाई भारी मत अन्तरले पराजित गर्दै संसद् प्रवेश गर्ने भएकी छन् ।
गण्डकी प्रदेश क्षेत्रबाट सक्रिय बिना गुरुङ समुदाय स्तरका सामाजिक गतिविधिमा सक्रिय रहँदै राजनीतिमा प्रवेश गरेकी नेतृ हुन्। महिला नेतृत्व विकास, स्थानीय विकास र सामाजिक सहभागिताका विषयमा उनको सक्रियता उल्लेखनीय मानिन्छ। उनले कास्की–३ बाट विजयी भएकी उनले नेपाली कांग्रेसका नेता मनोज गुरुङलाई पराजित गर्दै सांसदमा पुगेकी छन् ।
मधेस क्षेत्रबाट उदाएकी आशा झा महिला अधिकार र सामाजिक न्यायका मुद्दामा सक्रिय रहँदै राजनीतिमा आएकी नेतृ हुन्। मधेस क्षेत्रका महिलाका समस्या र समुदायका मुद्दालाई राष्ट्रिय स्तरमा उठाउने उद्देश्यसहित उनले राजनीति सुरु गरेको बताइन्छ। रास्वपा मोरङ–५ बाट विजयी भएकी उनले नेपाली कांग्रेसका उम्मेदवार फुलकुमार लालवानीलाई भारी मत अन्तरले हराएकी छन् ।
सामाजिक अभियन्ता आशिका तामाङ यतिबेला सडकको बहसबाट सदनको यात्राका छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट धादिङ क्षेत्र नं।१ को उम्मेदवार बनेकी तामाङले नेकपा एमाले भूमिप्रसाद त्रिपाठीलाई पराजय गर्दै विजय हासिल गरेकी छन् । आशिका तामाङको जन्म २०३७ सालमा धादिङको मलेखुमा भएको हो । ग्रामीण परिवेशमा हुर्किएकी उनले आम नेपालीले भोग्नुपरिरहेको आधारभूत समस्या र अभावलाई नजिकबाट नियालेकी छिन् ।
पुष्पाकुमारी चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा प्रतिनिधिसभा सदस्य हुन्। उनी तराई क्षेत्रको थारु समुदायबाट राजनीति क्षेत्रमा उदाएकी महिला नेतृका रूपमा चिनिन्छिन्। सामाजिक सेवा र समुदायको अधिकारका मुद्दामा सक्रिय रहँदै उनी राजनीतिमा प्रवेश गरेकी हुन्। उनले सप्तरी–१ बाट स्वाभिमान पार्टीका सुमित कुमारलाई पराजय गर्दै विजयी भएकी छन् ।
त्यस्तै कोमल ज्ञवाली पनि सामाजिक अभियान र नागरिक सरोकारका गतिविधिमा सक्रिय रहेकी नेतृ हुन्। नयाँ राजनीतिक शक्ति उदयसँगै उनी पनि राष्ट्रिय राजनीतिमा सक्रिय भएकी छन्। उनले जेनजी आन्दोलन पछिको चुनावमा उनले रास्वपाबाट कैलाली–१ मा विजय हासिल गरेकी छन् । उनले नेपाली कांग्रेसका जनकराज चौधरीलाई पराजित गरेकी छन् ।
जेठ २०३७ मा काठमाडौं महानगरपालिका–९, मा जन्मिएकी बासना थापा पहिलो पटक संसदीय प्रतिस्पर्धामा उत्रिएकी हुन । युवा नेतृ बासनालाई नेपाली कांग्रेसले दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनाएको थियो । जहाँ, उनी एमालेका रवीन्द्रराज शर्मा, नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेत लगायतसँग प्रतिस्पर्धा गर्दै विजयी हासिल गर्न सफल भएकी छन्। यसअघि बासना २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी थिइन् । उनी एमालेकी सावित्री मल्लसँग पराजित भइन् ।
यसैगरी, महोत्तरी जिल्लाको साम्सी गाउँपालिका–संग्रामपुर निवासी ५४ वर्षीया गौरी कुमारी रास्वपाकी महोत्तरी–४ की उम्मेदवार हुन । उनी पनि भारि मतअन्र सहित अग्रस्थानमा पुगेकी छन् । मतगणना अनुसार आइतबार १२ बजेसम्म २६ हजार ८९० मत प्राप्त गरेकी छन् । उनका निकटमा जनाता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्र कुमार यादव रहेका छन् । उनले हालसम्म ६ हजार ३०८ मतमात्र प्राप्त गरेका छन् । यादवको पनि संसद्को यात्रा पक्का जस्तै छ ।
पारिवारिक पृष्ठभूमिमा उनी राम एकवाल राय यादवकी छोरी तथा शिवजी यादवकी श्रीमती हुन्। शैक्षिक रूपमा उनले विज्ञान संकायमा प्रमाण–पत्र तह सम्मको अध्ययन पूरा गरेकी छन्। राजनीतिक यात्रामा गौरीकुमारी यादवले नवीन राजनीतिक धारको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आबद्ध भई सक्रियता देखाएकी छिन्।











प्रतिक्रिया दिनुहोस्