काठमाडौं । भारतमा भुक्तानीको लागि नेपाली क्यूआर कोड प्रयोग हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र – २०८० मा संशोधन गर्दै भारतमा नेपालीतथा थप गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकका खाता चलाउनेले यस्तो सुविधा पाउनेछन् ।
नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंकखाता आवद्ध माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएका व्यक्तगत खातामा दिनको १५ हजार र महिनाको १ लाखसम्म भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्