Skip to content

सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह निर्वाचित, रास्वपा चौथो

सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले नौ हजार ४१४ मत प्राप्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार कल्पना राईले आठ हजार २२८, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार ऋषिधन राईले तीन हजार ६४२, श्रम संस्कृति पार्टीका बिएस राईले तीन हजार ३६३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कूल ८५ हजार ५१५ मतदातामध्ये ४१ हजार ४०१ मत खसेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima