Skip to content

रौतहट–३ मा रास्वपाका पटेल विजयी

nabil bank

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन्द्र पटेल बिजयी भएका छन् । पटेलले २७ हजार ३१८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अबधेशप्रसाद कुशवाहले जानकारी दिए ।

सो क्षेत्रमा जनता समाजबादी पार्टीका गोबिन्द चौधरीले ११ हजार ९५४ प्राप्त गरेका छन्। साथै नेकपा (एमाले)का कुन्दन कुशवाहले छ हजार ६०५, नेपाली कांग्रेसका रामकृपाल यादबले छ हजार ४२० मत प्राप्त गरे।

यस क्षेत्रमा कूल एक लाख ८ हजार ६९९ मतमध्ये ७६ हजार ६६९ मत खसेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi