Skip to content

धनुषा-१ का रास्वपा उम्मेदवार साहको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार किशोरी साह कमलको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

८ पटक कर्जा सूचना केन्द्रको कालो सुचीमा परेको भेटेपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

आज सर्वोच्चले निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

साहले निर्वाचन आयोग समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणको रिटमाथि अदालतले ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । आदेशमा भनिएको छ, ‘विपक्षी आयोगको मिति २०८२–११–१८ को निवेदकको उम्मेदवारी खारेज गर्ने सम्बन्धी निर्णय सहितको फाइल लिई आउनू भनी विपक्षीहरूलाई यथाशीघ्र जानकारी गराई नियमानुसार पेस गर्नू ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima