काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सरकारले उपलब्ध गराएको कुटनीतिक राहदादी फिर्ता गरेका छन् ।
मन्त्री खनालले आज उक्त राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागलाई फिर्ता गरेका हुन् ।
खनालले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दै आफुलाई अर्थ मन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएको भन्दै परराष्ट्र मन्त्रालयको राहदानी विभागमा बुझाउन भनेका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन गर्ने प्रयोजनका लागि सरकार बनेको थियो । सरकारले निर्वाचन गरेको छ । यो सरकारको कार्यकाल करिब सकिएको छ ।












प्रतिक्रिया दिनुहोस्