Skip to content

समानुपातिकको मतगणना सकियो, कुन दलले कति पाए ?

nabil bank

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सम्पन्न छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकको पनि मत गणना सकिएको छ । आयोगले सबै जिल्लाको निर्वाचन फारम आयोगमा प्रविष्ट गर्ने काम भइरहेको जनाएको छ ।

आयोगका अनुसार १ करोड ७ लाख ६८ हजार ३०६ मत गणना भएको छ । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ४५ हजार ६८१ मत पाएको छ ।

कांग्रेसले १७ लाख ५४ हजार ५२, नेकपा एमालेले १४ लाख ५१ हजार ७५९, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ८ हजार ५८२, श्रम संस्कृति पार्टीले ३ ला ८५ हजार ६७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ५९ मत पाएको छ ।

धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङले खोलेको यो पार्टी गत निर्वाचन पछि राष्ट्रिय दल बनेको छ । उनले मेयरबाट राजीनामा दिए लगत्तै दल खोलेका थिए । सोही दललाई अहिले साम्पाङले राष्ट्रिय पार्टी बनाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi