Skip to content

६ पार्टीलाई राष्ट्रिय दलको मान्यता, पुराना खुम्चदा श्रम संस्कृतिको सानदार उदय

nabil bank

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाताले दिएको मतबाट ६ वटा पार्टी राष्ट्रिय दल बनेका छन् ।

यसअघिका ठूला राजनीतिक दल दोेस्रो र तेस्रो स्थानमा खुम्चदा श्रम संस्कृति पार्टीको सानदार प्रवेश भएको छ ।

निर्वाचनमा करिब दुई तिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । यस्तै यसअघिका ठुला दलहरु काँग्रेस र एमाले दोस्रो र तेस्रो स्थानमा खुम्चिएका छन् ।

२०६४ मा करिब दुई तिहाइ जनमत पाएको तत्कालिन माओवादी हालको नेपाली कम्युनिष्ट पार्टी अहिले चौथो दलमा खुम्चेको छ ।

यस्तै नयाँ उदय भएको श्रम संस्कृति पार्टी पाँचौ स्थानमा भएको छ । यस्तै राप्रपा छैटौ नम्बरमा खुम्चिएको छ । तथापी निर्वाचनमा पाएको जनमत। सिट संंख्याको आधारमा यी दलहरु राष्ट्रिय पार्टी भएका छन् ।

धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङले खोलेको यो पार्टी गत निर्वाचन पछि राष्ट्रिय दल बनेको छ । उनले मेयरबाट राजीनामा दिए लगत्तै दल खोलेका थिए । सोही दललाई अहिले साम्पाङले राष्ट्रिय पार्टी बनाएका छन् ।

२०७९ को निर्वाचन हुनु भन्दा करिब ६ महिना पहिले रास्वपाका सभापति रवि लामिछानेले रास्वपाका खोलेका थिए । उनले पनि पार्टी खोलेको केही समयमा नै भएको निर्वाचनमा आफ्नो पार्टीलाई राष्ट्रिय दलको मान्यता दिलाएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi