Skip to content

दीपक मनाङे रिहा

nabil bank

काठमाडौं । गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे उर्फ राजीव गुरूङ रिहा भएका छन् । डिल्लीबजार कारागारमा रहेका उनी आज रिहा भएका हुन् ।

२०६१ वैशाख ३१ गते मिलन गुरूङ ‘चक्रे मिलन’ को हातमा तरबार प्रहार गरेको घटनामा मनाङेलाई सर्वोच्चले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेको थियो । २०८१ कात्तिक २० सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो ।

उक्त सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको सदर सजाय थियो । मनाङेले २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।

यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका थिए । उनी दुई वर्ष चार महिना जेल बस्नुपर्नेमा जिल्ला अदालत काठमाडौंले २०८१ फागुन २३ गते २० प्रतिशत छुटको आदेश दिएको थियो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi