काठमाडौं । सुदन गुरुङले गोर्खा–१ बाट निर्वाचित भएलगत्तै जिल्लाका विभिन्न दुर्गम स्थानमा दूरसञ्चार सेवा विस्तार गर्न टावर जडानको माग गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद गुरुङले यसका लागि नेपाल टेलिकमलाई पत्र लेखेका हुन्।
मिति २०८२ फागुन २८ गते लेखिएको पत्रमार्फत उनले गोर्खा जिल्लाका कतिपय स्थान अझै पनि दूरसञ्चार सेवाबाट वञ्चित रहेको उल्लेख गर्दै ती क्षेत्रमा टावर जडान गरी सेवा विस्तार गर्न आग्रह गरेका छन्। उनले दुर्गम भौगोलिक अवस्थाका कारण स्थानीय नागरिकले मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्न कठिनाइ भोगिरहेको उल्लेख गर्दै सम्बन्धित स्थानमा यथाशीघ्र टावर जडानको व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्।
पत्रमा उनले टावर जडान गर्न आवश्यक रहेको भन्दै आरुघाट, लापु, फिलिम, चुमनुब्री, धार्चे, गुम्दा, सिरानचोक, लिखान, अजिरकोट तथा बारपाक सुलिकोट लगायतका स्थान उल्लेख गरेका छन्।












प्रतिक्रिया दिनुहोस्