Skip to content

समानुपातिकतर्फ कुन दलले कति सिट पाए ?

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याको टुंगो लगाएको छ ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले २० सिट पाएको छ भने नेकपा एमालेले १६ सिट पाएको छ ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ सिट पाएको छ भने श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट पाएको छ ।

आयोगका अनुसार समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत (९६०५ प्रतिशत) मत सदर भएको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (३ प्रतिशत) पार गर्ने ६ दलहरुलाई सिट संखया निर्धारण गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T