Skip to content

कांग्रेसले टुंगो लगायो समानुपातिकको नाम, निर्वाचन आयोगमा सूची बुझाउँदै

nabil bank

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक तर्फको सूची निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बसेको बैठकले यसअघि तोकिए बमोजिमका नामहरू बुझाउने निर्णय गरिएको र सोअनुसार बुझाउने क्रममा रहेको प्रवक्ता एवं केन्द्रीय समिति सदस्य देवराज चालिसेले जानकारी दिए ।

उनले बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको जानकारी दिए ।

कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ । आयोगले दिएको निर्देशनअनुसार नै क्लस्टर छुट्टाएर नाम सिफारिस गरिएको चालिसेले बताए । उनले कम्तीमा १५ महिला सिफारिस गर्न भने बमोजिम सो अनुसार सिफारिस गरिएको जानकारी दिए ।

अहिले नाम भने सार्वजनिक नगरिएको पनि उनले उल्लेख गरेका छन् । कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । जसमा एक जनामात्र महिला उम्मेदवार विजेता बनेकी छिन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi