काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारको नाम लिस्ट निर्वाचन आयोगलाई बुझाएको छ।
एमालेले आज १६ जनाको लिस्ट आयोगमा बुझाएको हो । शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फ चयन हुने १६ जनाको सांसदको टुंगो लगाएको थियो ।
१६ जनामा जनजाति तथा महिला तर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ रहेका छन् । यस्तै पुरुषतर्फ रामबहादुर थापा मगर, कुलभक्त शाक्य रहेका छन् ।
खस आर्य महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) रहेका छन् ।
यस्तै पुरुषतर्फ गुरु प्रसाद बराल, पुष्पराज कंडेल रहेका छन् । यस्तै थारुतर्फ कृपाराम राना (पुरुष), दलित महिलातर्फ विष्णुमाया वीके, नीता घतानी रहेका छन् ।
मधेसी महिलातर्फ रिङ्ला यादव, यशोधा कुमारी यादव पुरुष तर्फ चन्द्रेश्वर मण्डल, मुस्लिम महिलातर्फ साजिदा सिद्दीकी रहेकी छिन् ।











प्रतिक्रिया दिनुहोस्