Skip to content

समानुपातिकतर्फ कांग्रेसले छान्यो २० सांसदको नाम, कुन समूदायका कति?

nabil bank

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि २० जनाको नाम छानोट गरेको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले बन्दसूचीमा रहेका उम्मेदवारमध्ये प्रतिनिधि सभा सदस्य पदका लागि नाम टुंगो लगाएको हो।

बैठकले दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा समावेशी समूहअनुसार उम्मेदवार चयन गरेको जनाएको छ। जसअनुसार आदिवासी जनजाति समूहबाट ६ जना, खस–आर्य समूहबाट ६ जना, थारु समूहबाट १ जना, मधेसी समूहबाट ३ जना, दलित समूहबाट ३ जना र मुस्लिम समूहबाट १ जनाको नाम छनोट गरिएको पार्टीले जनाएको छ।

बैठकमा सहमहामन्त्रीहरू बहादुर सिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशमशेर राणा र प्रकाश शरण महतले धारणा राखेका थिए। साथै सदस्यहरू ओमकारप्रसाद श्रेष्ठ, अमृत अर्याल, डा। गोपाल दहित, राजेन्द्रकुमार केसी तथा प्रवक्ता देवराज चालिसेले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi