काठमाडौं । नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठलाई आइतबार काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–५ सितापाईलाबाट पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–२४ बटुका हाल नागार्जुन–५, सीतापाइला बस्ने ६९ वर्षीय श्रेष्ठलाई राष्ट्र बैंकको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।
सर्वोच्च अदालतले २०८१ भदौ ५ गते फैसला गर्दै दुईवटा मुद्दामा दोषी ठहर गरेको थियो ।
उनलाई एउटा मुद्दामा १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएको छ । यस्तै अर्को मुद्दामा ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ जरिवाना र ३ वर्ष कैदसहित २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय सुनाइएको छ ।
उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्