Skip to content

अर्थमन्त्री खनालले जाँदाजाँदै भेटे गभर्नर लगायत वित्तीय क्षेत्रका नियामक निकाय प्रमुख

nabil bank

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरुसँग आज छलफल गरेका छन।

अर्थ मन्त्रालयमा राजस्व सचिव भूपाल बराल लगायत नियामक निकायहरुको तर्फबाट नेपाल राष्ट्र बैकका गभर्नर डा विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता रहेको थियो ।

भेटमा अर्थमन्त्री खनालले आफुलाई अर्थमन्त्री रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न,  पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउनका लागि नियामक निकायहरुले खेलेको भूमिकाप्रति धन्यवाद दिएको मन्त्रालयका सह सचिव एवं प्रवक्ता  टंक प्रसाद पाण्डेयले जानकारी दिए ।

त्यस अवसरमा नियामक निकायका प्रमुखहरुले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गराउदै नेपालको बैक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउनमा अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरे ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि यो सरकार गठन भएको हो । सरकारलाई निर्वाचन गर्ने कार्यादेश रहेको थियो । यो सरकारको कार्यकाल सकिँदै छ । नयाँ सरकार गठन भएसँगै सरकारको कार्यकाल सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi