Skip to content

कडा अनुशासनकाबीच रास्वापाका सांसदलाई अभिमुखिकरणः मोबाइल प्रयोग, फोटो खिच्न प्रतिबन्ध, परिवारका सदस्य लैजान नपाइने

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार र बुधबार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

निकै अडा अनुशासनकाबीच अभिमुखिकरण कार्यक्रम आयोजना हुन लागेको छ । ललितपुरको ग्वार्को स्थित होटल रोयल टुलिपमा आयोजना हुने अभिमुखिकरण कार्यक्रममा जानेका लागि निकै कडा ६ बुँदे निर्देशन जारी गरिएको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको निर्देशनमा कार्यक्रम आवासीय हुने जनाइएको छ । जहाँ पार्टीले सबै सांसदहरूको खाना र आवासको व्यवस्था गरेको छ ।

कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध गरिएको, कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुने, परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न निर्देशन गरिएको छ ।

‘होटलमा तपाईंलाई छाडेपछि वाहन होटल परिसरमा वा बाहिर पार्क गर्न सकिनेछ । चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था तपाईंको जिम्मेवारी हुनेछ । सो ब्यबस्था अन्य होटल वा स्थानमा गर्न अनुरोध छ’ निर्देशनमा भनिएको छ ।

सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन गरिएको छ भने व्यवसायिक क्याजुअल पोशाक लगाउनुपर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi